च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको लज्जास्पद हार
हेटौँडा । इङ्लिस क्लब म्यान्चेस्टर सिटिले युरोपियन च्याम्पियन्स लिगमा लज्जास्पद हार बेहोरेको छ । सिटिले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग ४-१ गोलको हार बेहोरेको हो ।
खेलको चौथो मिनेटमा सिटिले फिल फोडेनको गोल मार्फत खेलमा अग्रता लिएको थियो । तर ३८ औँ मिनेटमा भिक्टोर ग्यारेसको गोल मार्फत स्प्पोर्टिङले बराबरी गोल फर्कायो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै स्पोर्टिङले म्याक्सिमिलानोको गोल मार्फत अग्रतालाई २-१ मा लग्यो ।
त्यसको लगतै ४९ मिनेटमा पाएको पेनाल्टीलाई ग्यारेसले गोल गर्दै टिमको अवस्थालाई ३-१ को मजबुतीमा लगे र ८९ औँ मिनेटमा स्पोर्टिङका ग्यारोसले पुनः पेनाल्टी मार्फत गोल गर्दै टिमलाई ४-१ को सानदार जित दिलाए ।
जितपछि लिग तालिकामा स्पोर्टिङ ४ खेलबाट १० अङ्क सहित दोस्रो स्थानमा उक्लँदा सिटी ७ अङ्ग बटुलेर छैटौँ स्थानमा छ ।