स्थानीय तहको उपनिर्वाचनबारे रणनीति बनाउन एमालेले बोलायो सचिवालय बैठक
नेपाल प्रेस
२०८१ कार्तिक २१ गते १२:०३
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनका अनुसार बैठक शनिवार बिहान ११ बजेबाट सुरु हुनेछ।
बैठकमा स्थानीय तहको उपनिर्वाचन र पछिल्ला समसामयिक राजनीतिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।
उनले भने, ‘अहिले पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहका उपनिर्वाचनमा केन्द्रित भएको छ। त्यही अनुसार निर्वाचन हुने क्षेत्रमा पार्टी संगठनलाई आवश्यक तयारी गर्न भनिसकेका छौं। यो बैठकले त्यसबारे थप रणनीति बनाउँछ।’
प्रतिक्रिया
सम्बन्धित खवर