पतिको निधनपछि रिक्त गौरीशंकरको उपाध्यक्षमा पत्नी उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङलाई उम्मेदवार बनाउने भएको छ।
मंसिर १६ गते हुने निर्वाचनको लागि जिल्ला समितिले तामाङको नाममा सर्वसम्मत गरेर केन्द्रमा सिफारिस गरेको हो।
निर्वाचन हुने सबै क्षेत्रबाट आएको नामबारे छलफल गर्नको लागि कांग्रेसको निर्वाचन संयोजन समितिको बैठक पनि बस्दैछ।
गएको निर्वाचनमा त्यहाँ कांग्रेसबाट श्यामसुन्दर तामाङ विजयी भएका थिए। तर, उनको निधन भएपछि रिक्त पदमा श्यामसुन्दरकी श्रीमती पासाडिकीलाई कांग्रेसले अघि सारेको हो।
कांग्रेसले उम्मेदवार बनाएको पासाडिकी पार्टीको बागमती प्रदेश महिला विभागकी सदस्य रहेकी छन्।
त्यहाँ एमालेले उमा शेर्पा, माओवादीले निमलेखी शेर्पा (डोल्मा)लाई उम्मेदवार बनाएको छ। यो स्थानीय तहको निर्वाचनमा सबै दल एक्लाएक्लै लड्ने तयारी गरेका छन्।