अब बैंकमा खाता खोल्दा तीन पुस्ते विवरण भर्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाट लिन सकिने – Nepal Press

अब बैंकमा खाता खोल्दा तीन पुस्ते विवरण भर्नु नपर्ने, राष्ट्रिय परिचयपत्रबाट लिन सकिने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा तीन पुस्ते विवरण भर्न नपर्ने भएको छ । बैंकमा खाता खोल्दा अनिवार्य भर्नु पर्ने केवाईसी विवरणहरू नभरे हुने भएको छ । यसभन्दा अघि बैंकमा खाता खोल्दा अनिवार्य रूपमा तीन पुस्ते विवरण राख्नु पर्ने व्यवस्था थियो ।

सरकारले कार्तिक १५ गते सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावलीबाट बैंकमा खाता खोल्दा व्यक्ति गत र परिवारको विवरण राष्ट्रिय परिचयपत्रको अभिलेखबाट विवरण लिन सकिने बताएको हो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावलीको नियम ३ मा ग्राहक पहिचान विद्युतीय माध्यमबाट गर्न सकिने उल्लेख गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण नियमावलीको दफा ७ क बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिई ग्राहक पहिचान गर्न सक्ने व्यवस्था गरेको छ ।

नयाँ नियमावली अनुसार ग्राहकको पहिचान गर्दा त्यस्तो व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने क्रममा नेपाल सरकारले विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरणमा सूचक संस्थालाई पहुँच दिएको भएमा विवरण दिएको व्यक्तिको सहमतिमा त्यस्तो विद्युतीय अभिलेखबाट आवश्यक विवरण आफ्नो आन्तरिक प्रणालीमा लिई ग्राहक पहिचान गर्न सक्ने व्यवस्था गरेको छ ।

सूचक संस्थाले आवश्यक पर्ने सूचना प्राप्त गर्दा राष्ट्रिय परिचयपत्रमा सम्बन्धित ग्राहकले उल्लेख गरेको मोबाइल नम्बरको आधारमा विवरण प्राप्त गर्ने छ ।

ग्राहकाको अनुमति भने लिनु पर्ने छ । अनुमतिपछि राष्ट्रिय परिचयपत्रमा भएको विवरण प्रयोग गर्न पाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर