सेयर बजारमा सामान्य गिरावट, ५ अर्बभन्दा धेरैको कारोबार – Nepal Press

सेयर बजारमा सामान्य गिरावट, ५ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । आज सेयर बजारमा सामान्य गिरावट आएकाे छ । १.८८ अंकले आज सेयर बजार घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा आएको छ । हिजो ०.२९ अंकले सेयर बजार घटेको थियो ।

आज ५ अर्ब २२ करोड २४ लाखभन्दा धेरैको सेयर खरिद विक्री भएको छ । १ करोड १६ लाख ८ सय ६९ कित्ता सेयर कारोबार भएको छ ।

१ सय २१ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १ सय १७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सेयर मूल्य वृद्धि भएको छ । भने, नेपाल फाइनान्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ३५ करोड ३८ लाख ३९ हजार २ सयभन्दा धेरैको सेयर बारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर