कोशी प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र – Nepal Press

कोशी प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र

विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई दिइएको छ ।

आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धिको पक्ष राष्ट्रहरुको बैठक (कोप- २९)मा पर्यटन वन तथा वातावरणमन्त्री षडानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १०औं राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

यसअघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीलाई दिइएको थियो । मन्त्री अधिकारीले आजै राजीनामा दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर