सुजङ अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा – Nepal Press

सुजङ अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।

खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका-३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो ।

सामान्य उपचारपछि बुधवार राती करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकहरू नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणि यादव, डा. सुरेन्द्र कु. चौधरी र डा. अभिषेक यादव रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *