काठमाडौंबाट नेपालगन्ज गइरहेका युवक नागढुंगाबाट आधा केजी सुनसहित पक्राउ
नेपाल प्रेस
२०८१ कार्तिक २२ गते १२:३७
काठमाडौं। प्रहरीले काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट करिब आधा केजी सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टिकापुरका २३ वर्षीय एलिस ढकाल रहेका छन् ।
लुप्र ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक बसबाट नेपालगन्ज गइरहेका ती युवकलाई जाँच गर्ने क्रममा उनको साथबाट ५ सय २ ग्राम सुन भेटिएको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर