ग्रामथानमा कांग्रेसले बलरामलाई अध्यक्षमा उठाउने
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनमा नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसको मोरङको संसदीय समिति बैठकले नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको मोरङका कांग्रेस सभापति डिकबहादुर लिम्बुले बताए ।
गाउँपालिका अध्यक्षको लागि काङ्ग्रेसबाट १७ जना आकांक्षी रहेको भए पनि सरदारलाई उम्मेदवार बनाइएको लिम्बुले बताए ।
२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।