डेंगुबाट विश्व नै प्रभावित हुँदैछ, आक्रामक प्रचारप्रसार गरौँः डा. शेरबहादुर पुन (भिडिओ) – Nepal Press

डेंगुबाट विश्व नै प्रभावित हुँदैछ, आक्रामक प्रचारप्रसार गरौँः डा. शेरबहादुर पुन (भिडिओ)

काठमाडाैं ।  डेंगुको संक्रमण वर्षेनी बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । विगतको तथ्यांकका आधारमा हेर्दा वर्षेनी डेंगु संक्रमण बढिरहेको उनीहरुको दाबी छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम संक्रमित फेला परेका छन् ।

तर संक्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा‍. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रुपमा डेंगु प्रश्तुत भइरहेको बताए । उनले आगामी वर्षहरु झनै चुनौतिपूर्ण बन्ने बताउनु भयो । उहाँले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बताए । काठमाडौं, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगुबाट बढी प्रभावित भएका जिल्लाहरु हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगुका केसहरुमध्ये ५० प्रतिशत केस फेला परेका छन् ।

अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगु फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । त्यस्तै डेंगु लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ । अहिलेसम्म २८ हजार २१२ जनामा संक्रमण भएको सरकारको तथ्यांक छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कोभिड सकिएपछि डेंगु झनै घातक भएर आएको र आगामी वर्षहरुमा महामारीको रुप लिनसक्ने चेतावनी दिए । डेंगुले सताइरहँदा समेत आम सर्वसाधारणमा भने चासो दिएर हेरचाहमा नलागेको गुनासो उनको छ ।

आगामी वर्षहरु हाम्रा लागि चुनौतिपूर्ण छन्

विगतको तथ्यांकलाई आधार मान्ने हो भने डेंगुको संक्रमण दर वर्षेनी बढ्दो छ । वर्षेनी प्रकोप सँगसँगै यसले संक्रमितको संख्या बढाइरहेको अवस्था छ । यसले मृत्युदर पनि बढाइरहेको छ । सिमित ठाउँमा पहिला देखिने गरेको डेंगु अहिले हरेक ठाउँमा गइरहेको छ ।

पछिल्लो समय तनहुँमा जुन आउटब्रेक भयो भनिएको छ, यसले पनि के संकेत गरेको छ भन्दा नेपालको कुनैपनि ठाउँमा एडिस प्रजातीको लामखुट्टेले सहज तरिकाले जीवन चक्र चलाइरहेको ठाउँ रहेछ भने आगामी वर्ष कुनैपनि समयमा त्यहाँ ठूलो संख्यामा महामारी निम्त्याउन सक्छ भन्ने संकेत अहिले तनहुँको आउटब्रेकले देखाइरहेको छ ।

कोभिड सकिने बित्तिकै डेंगु झन घातक रुपमा प्रश्तुत भएर आएको छ । प्रत्येक आउट ब्रेकसँगै थप कडा रुपमा डेंगु प्रश्तुत भइरहेको अवस्था छ । यसलाई नै एउटा आधार मान्ने हो भने आगामी वर्षहरु हाम्रा लागि चुनौतिका वर्षहरु छन् ।

संवेदनशील मानिसहरु संक्रमणमा परेका छन्,डेंगु नियन्त्रणमा लागौँ

डेंगुको संक्रमण जति फैलिँदै गयो, त्यति नै कठिन हुन्छ । त्यस मानेमा संवेदनशील मानिसहरु संक्रमणमा बढी परिरहेका छन् । ज्येष्ठ नागरिक, दीर्घरोगीहरु संवेदनशील समूहमा पछनर्् । संक्रमण जति धेरै बढ्दै गयो, त्यति नै त्यसको अनुपातमा यो घातक स्वरुपमा प्रश्तुत भइरहेको अवस्था छ । डेंगु आगामी दिनमा घातक महामारीको रुपमा आउने अवस्था देखिन्छ । अहिलेदेखि नै हामीले डेंगु नियन्त्रणमा लाग्नुपर्छ । क्याम्पेनहरु गर्नुपर्छ । तर अहिले हामी त्यति चिन्तित भएको देखिँदैन ।

डेंगुलाई सर्वसाधारणले गम्भीरताका साथ लिएनन्

कतै न कतैबाट प्रचारप्रसार भइ नै रहेको छ । तर गम्भीरताका साथ हामी सर्वसाधारणले नलिएको हो की भन्ने मेरो बुझाइ छ । कति बेला लिने रु अहिले नलिए कहिले लिने रु यो प्रश्न छ । प्रचार प्रसारको अभियानलाई अझ आक्रामक रुपमा अघि बढाउनुपर्छ । जति गरे पनि भएन भन्ने नभइ अहिलेको भन्दा दुई गुणा, तीन गुणा प्रचारप्रसार गर्नुपर्छ ।

आक्रामक प्रचारप्रसार गरौँ

पछिल्लो समय सर्वसाधारणले डेंगु संक्रमणलाई खासै वास्ता गरेको देखिएन । शुन्य मृत्युदरको लक्ष्य हामीले राख्नुपर्छ । संक्रमण नै नहुनका लागि सम्भवतः सर्वसाधारणको तर्फबाट पनि चासो नदिएको अवस्था र सरकारबाट पनि आक्रामक प्रचारप्रसारका लागि ध्यान नदिएको अवस्था छ । यो रोग फैल्याउनेलाई कसरी टार्गेट गरेर नष्ट गर्ने, लामखुट्टेको लार्भालाई रु भन्नेकुरामा सर्वसाधारणले त्यति चासो दिएको छैन । यस्ता रोगहरु फैलिनुको एउटा मुख्य कारण छिटो बेवास्ता गर्नु पनि हो ।

डेंगुबाट विश्व नै प्रभावित हुँदैछ

डेंगुबाट नेपाल मात्रै नभइ विश्व नै प्रभावित हुनेवाला छ । नेपालले चाह्यो भने रोल मोडलको रुपमा काम गर्नसक्छ की भन्ने मेरो एउटा सोच थियो । हामीले चाहेर मात्रै हुँदैन, यसमा सर्वसाधारणले नै चनाखो हुनुपर्छ । डेंगुबारे हेलचेक्राँई छ । तर तारन्तार वान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक र गिजाबाट रगत बगेको छ । थकित अवस्था छ भने अस्पताल जानुस्, घरमा नबस्नुस् । त्यो डेंगीको चेतावनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *