करेन्ट लागेर मकवानपुरमा एक सैनिकको मृत्यु , दुई जना घाइते  – Nepal Press

करेन्ट लागेर मकवानपुरमा एक सैनिकको मृत्यु , दुई जना घाइते 

हेटौँडा : मकवानपुरमा करेन्ट लागेर एकजना सैनिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

मकवानपुरको भीमफेदी गाउँपालिका–८, दोभानमा सिस्नेरी बेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय पदम बहादुर दियालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ का २९ वर्षीय पदम बहादुर दियाल रहेका छन् ।

बिहीबार  दोभान स्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा डिउटिमा रहेको समयमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर पदमको घटना स्थलमा नै मृत्यु भएको थियो भने डडेल्धुरा अमरगढी नगरपालिका–२ का लेसनायक २९ वर्षीय विनोद केसी, पाल्पाको रामपुर नगरपालिका–६ का सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरद्वारा आर्मी अस्पताल छाउनी काठमाडौँ पठाएको र पदमको शव  त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *