पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक, जोन्टी रोड्सले गरे भिडिओ रिलिज – Nepal Press

पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक, जोन्टी रोड्सले गरे भिडिओ रिलिज

काठमाडौं । एनपिएलकाे सबैभन्दा महंगाे टिम पाेखरा एभेन्जर्सकाे जर्सी सार्वजनिक गरिएकाे छ । लाेमान्थाङबाट जर्सी सार्वजनिक गरिएकाे   भिडिओ हिजाे  टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जाेन्टी राेड्सले रिलिज गरे ।

भिडिओ रिलिजका लागि  काठमाडाैंकाे साेल्टी हाेटलमा भव्य आयाेजना गरिएकाे थियाे । पाेखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगाे पर्यटनलाई केन्द्रित गरि लाेमान्थाङबाट जर्सी सार्वजनिक गरेकाे अध्यक्ष सुबाेध त्रिपाठीले बताए ।

‘जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खाेजेका छौं,’ उनले भने, ‘गण्डकीमा हिम पर्वत श्रृङ्खलाकाे पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेकाे हिउँकाे कुरा विश्वमै ल्याउन लागिरहेका छौं । यसमा हामी गम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनकाे लागि पनि हामी आएका छौं’ उनले भने ।

पाहुनाकाे स्वागतमा विहीबार गण्डकीमा र्याली निकालेकाे थियाे । त्यहाँकाे स्वतस्फूर्त सहभागिताले क्रिकेटप्रतिकाे क्रेज देखाएकाे त्रिपाठीले बताए ।

जाेन्टी राेड्सले पाेखरा एभेनजर्सकाे जर्सी सार्वजनिक गरेका थिए । ‘पाेखरामा आबद्व हुँदा उत्साहित छु । मेराे अनुभव र ज्ञानले पाेखरामात्र हाेइन नेपालकाे क्रिकेटकाे उदयका लागि याेगदान हुनेछ’ उनले भने ।

जाेन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेकाे बताए । ‘क्रिकेटमा धेरै अवसर छ । नेपालकाे भविष्य उज्जवल छ ।’ उनले भने ।

कार्यक्रममा पाेखरा गीत प्रस्तुत गरिएकाे थियाे । पाेखराका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले भने,’ पाेखरासँग मित्रवत् एसाेसिएसन हाे । पाेखराले कुनै कुरामा कञ्जुसाई गरेकाे छैन । लाेमान्थाङमै जर्सी अनावरण गर्नु पर्यटनका लागि राम्रो हाे ।’

जलवायु परिवर्तन र दिगाे विकास पर्यटन पनि सँगसँगै हुने उनले बताए । ‘म यहाँ जाेडिदा जलवायु परिवर्तनकाे सन्देश दिनेमात्र हाेइन दिगाे पर्यटनमा जाेडिएकाे छ । म दुइटामा जाेडिदा गर्व लागेकाे छ’ उनले भने ।

कार्यक्रममा सन्दिप क्षेत्रीले जाेन्टी राेड्ससँग कुराकानी गरे ।

जाेन्टीले राम्राे खेलकुद पूर्वाधार, खेलकाे विकास र अन्तर्राष्ट्रिय स्तरकाे खेलाडी विकास हाेस् भन्ने मेराे चाहना हाे भने ।

कार्यक्रममा पाेखरा एभेन्जर्सकाे अफिसियल गीत बजाइएकाे थियाे ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटकाे विकासमा माेन्टीले आगमनले सघाउने बताए ।

‘प्रतियोगितामा टफ्री एउटाले जित्नेछ । तर नेपाली क्रिकेटकाे सहभागिताले राष्ट्रकाे क्षमता अभिवृद्धि गर्नेछ । नेपाली क्रिकेटकाे लागि सुखद हुनेछ’ उनले भने ।

पाेखरा एभेन्जरेसले क्लाइमेट चेञ्जकाे म्यासेज अगाडि बढाउन खाेजेकाेमा खड्काले धन्यवाद दिए ।

१४ वटा हिमाल आराेहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काकाे परिपुरक भएकाे बताउँदै सबैले पाेखरालाई सहयाेग गर्न अनुरोध गरे ।

‘जलवायु परिवर्तनले पानीकाे प्रवाह बढेकाे छ । जलवायु परिवर्तनलाई जलवायु परिवर्तन सँग जाेड्नु सुखद छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर