जीबी राईलाई कांग्रेस-एमालेले नै संरक्षण गरिरहेको हुनसक्ने सूर्यदर्शनका सहकारी पीडितको आशंका (भिडिओ) – Nepal Press

जीबी राईलाई कांग्रेस-एमालेले नै संरक्षण गरिरहेको हुनसक्ने सूर्यदर्शनका सहकारी पीडितको आशंका (भिडिओ)

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् ।

सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकार नै जीबी राईलाई बचाउन लागेको आरोप लगाएका हुन् ।

समितिका अध्यक्ष किरण श्रेष्ठले जीबी राईलाई ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले जीबीलाई संरक्षण गरेको आरोप लगाए ।

‘जीबी राईलाई नेपाल ल्याउँदा रास्वपाको अर्को नेता जोडिने र कांग्रेस, एमालेका ठूला नेता पनि जोडिने देखिएकाले यिनीहरु सबै मिलेर जीबी राईलाई संरक्षण गरेको हो कि जस्तो देखिन्छ’, उनले भने ।

सरकारले चाहेको खण्डमा भोलि नै जीबीलाई नेपाल ल्याउन सकिने उनले दाबी गरे ।

‘सरकारले चाहने हो भने पैसा फिर्तामात्रै होइन, जीबी राईलाई भोलि नै नेपाल ल्याउनसक्छ जस्तो लाग्छ हामीलाई’, उनले भने, ‘राज्यले चाहने हो भने नसक्ने भन्ने विषय हो जस्तो लाग्दैन । सहकारीको समस्यामा राजनीति गर्नुपर्ने, सहकारीको समस्यामा बच्ने बचाउने सहमति गर्नुपर्ने अवस्था सरकारीले गरिराखेको छ ।’

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा आएका कुराहरुले भ्रम छर्न खोजेको स्पष्टीकरण दिए । उनले भ्रम फैलाउने अकाउन्टहरु राष्ट्रिय स्वतन्त्र पार्टीका आधिकारिक पनि भएको र प्रहरीलाई बुझाएको बताए ।


प्रतिक्रिया

2 thoughts on “जीबी राईलाई कांग्रेस-एमालेले नै संरक्षण गरिरहेको हुनसक्ने सूर्यदर्शनका सहकारी पीडितको आशंका (भिडिओ)

    1. काङ्ग्रेस – एमाले-माओवादी नै वास्तविक सहकारी ठग , भ्रष्ट र अपराधी हुन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *