शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको छु: मन्त्री सिंह (भिडिओ) – Nepal Press

शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको छु: मन्त्री सिंह (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् ।

इजिप्टको कायरोमा सम्पन्न वल्र्ड अर्बान फोरममा सहभागि भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धीमूलक भएको बताए।

नेपालमा शहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका एजेन्सी सन्तोषजनक रहेकाले आगामी दिनमा शहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रुपमा अघि बढ्ने बताए। कायरोमा सम्पन्न फोरममा नेपालले शहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको पनि दाबी गरे।

 

उनले भने, ‘जलवायु परिवर्तनले गर्दा शहहररुहरुमा अतिवृष्टि हुने, बाढी आउने, हिमालहरुमा हिमपहिरो आउँदा विपदका घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदुषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नुपरिररहेको छ । जसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा युन एन ह्याबिट्याटले संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु। आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।’

तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोगको प्रतिबद्धता रहेको भन्दै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *