समीक्षाको आधारमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरुको गहन समीक्षा जरुरी रहेको बताएका छन्।
गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन ग¥यौँ भन्ने समीक्षा गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘संविधानमा कतै त्रुटी छ वा राज्य सञ्चालनमा कतै त्रुटी छ, एक पटक गम्भीतापूर्वक समीक्षा गर्ने बेला भएको छ। संविधान जारी भएपछि यताका वर्षहरुको हामीले गम्भीरतापूर्वक समीक्षा गर्ने बेला भएको छ। परिवर्तनबाट जनताले जे आकंक्षा राखेका थिए, परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि जे दिन्छौँ भनेर संविधानबाट संकल्प गरेका थियौँ, त्यो संकल्प बमोजिम हामीले जनताको पक्षमा काम गर्न सकेका छौँ की छैनौँ। गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ।
उनले समीक्षाको आधारमा आवश्यकपरे संशोधन गर्नुपर्ने बताए।