मानव तस्करीको आरोप लागेका लीलावल्लभबारे एमाले- सरकारले छानबिन गरोस्, हामी सघाउँछौं (भिडिओ) – Nepal Press

मानव तस्करीको आरोप लागेका लीलावल्लभबारे एमाले- सरकारले छानबिन गरोस्, हामी सघाउँछौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेले जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सरकारलाई सघाउने जनाएको छ ।

आज बसेको सचिवालय बैठकले प्रदेश कमिटीले पार्टीबाट निलम्बन गर्न पठाएको सिफारिस अनुमोदन गर्दै छानबिनलाई सहयोग गर्ने निणय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

 

उनले भने, ‘उहाँमाथि गम्भीर प्रश्न उठेको कानूनी निरुपण नभएसम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । उहाँमाथि लागेको आरोपमा तथ्यपरक वस्तुनिष्ठ, गम्भीर छानबिन राज्यका निकायले गरुन्, त्यहाँ पार्टीको तर्फबाट सहयोग हुन्छ ।’


प्रतिक्रिया

One thought on “मानव तस्करीको आरोप लागेका लीलावल्लभबारे एमाले- सरकारले छानबिन गरोस्, हामी सघाउँछौं (भिडिओ)

  1. गुड !!
    १.जिउँदो संगठन, जिम्मेवार पार्टी यस्तो हुन्छ !! कानुन सबैको लागि बराबर, कानुनी राज सबैको चाहना : हो त्यो सम्बोधन भयो आज !! कोहि कहीं कतै मति बिग्रिएका छन् भने कसै गरी लुक्न सक्तैनन् भन्ने उदाहरण हो यो !!
    २. पार्टी र सरकार यस्तै सुद्दिकरण अभियानमा खरो उत्रिनु पर्छ : अपराधी दण्डित हुने र इमान्दार प्रोत्साहित हुने सभ्य र न्यायपूर्ण समाज बन्नु पर्छ : आश, भरोशा र भविस्य प्रति बिस्वाश जाग्ने आधार तयार हुनु पर्छ !!
    ३. साथै, इन्टरनेट र संचार प्रविधिको दुरुपयोग गरेर मान्छे ठग्न संसार भारि फैलिएका छन् ठगहरु : जो पनि जत्ति बेला पनि ठगिन सक्छन, यो अर्को पाटो मा बिसेस ध्यान दिने पर्छ !!
    ४. फेरी पनि धन्यबाद एमाले : ‘गलत’ लाई ‘गलत’ भन्न सक्ने चेतना, तागत र हैसियत कायम राखेको र जो सुकै होस् ब्येक्ति भन्दा संस्था बलियो हो बाटो बिराउनेलाई गल्ति अनुसारको दण्ड दिलाउन सक्ष्यम छ पार्टी भन्ने आभास दिलाएकोमा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर