यो सरकार केपी-शेरबहादुर मिलेर बनेको हैन : प्रचण्ड
थाहानगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार कांग्रेस-एमाले मिलेर नबनेको बताएका छन् । माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ ।
योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरुको नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ गर्न थाल्दा आत्तिएकाहरुले कुनै एउटा व्यवसायीको घरमा बसेर सरकार ढाल्ने कथा लेखेको बताए ।
आफू अघिल्लो सरकारमा सके राम्रो गर्छु, तर नराम्रो गर्दिनँ र नराम्रो गर्न दिन्न भन्ने संकल्पसहित आएको र सोहीअनुसारको काम गर्दा दलालहरुको सात्तो गएको उनको भनाइ छ ।
आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चमा समेत शीर उठाउनेगरी राम्रा काम भएको बताउँदै प्रचण्डले सयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनबारे आफ्नो धारणा सुनेर संघका महासचिव नेपाल आएर नेपालबाट अन्तर्राष्ट्रिय सन्देश दिएको बताए ।
प्रचण्डले कांग्रेस-एमालेले चाहेअनुसार माओवादी आन्दोलन नमर्ने दाबी गरे ।
३२ सीट हुँदा त एमाले-कांग्रेसको सात्तो गएको भन्दै उनले अबको निर्वाचनमा माओवादीले बहुमत ल्याउँदा उनीहरुको होस नै उड्ने जिकिर गरे ।
उनले अब चाँडै माओवादीले देशको सबै जिल्ला, स्थानीय तहमा आन्दोलनको आधीबेरी सिर्जना गर्ने बताए । प्रचण्डले आफू अझै ५-७ वर्ष स्वस्थ हुने र नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगरी विश्राम नलिने बताए ।
‘संसदीय पुराना खेलाडी जालझेल गर्न सिपालु, तर हामीले गरेको कामको बारेमा जनतामाझ लान नसकेको कारण हामी केही पछि परेका हौं कि भन्ने भान भएको छ’, प्रचण्डले भने ।
हालको सरकारले सय दिनमा गरेको भनेर सार्वजनिक गरिएको कार्यक्रम आफ्नो कार्यकालमा भएको कार्यक्रमको फेरिहस्त भएको उनले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादी आन्दोलन चिल भएको बताए । चिलले आवश्यक परेको अवस्थामा ह्वात्तै उडान बढाउनसक्ने भन्दै उनले माओवादलाई कमजोर नआक्न चेतावनी दिए ।
अहिलेको सरकार भ्रष्टाचारको चङ्गुलमा फसेको बताउँदै उनले देशलाई भ्रष्टाचारको चङ्गुलबाट मुक्त गर्न माओवादी देशको नेतृत्वमा आएरै छाडनुपर्ने बताए ।
प्रचण्डको जस्तो तिकडम गर्दै रजाईं गर्ने र बिदेशीको कम्फ़र्टेबल बन्ने रणनीति अनुसार बनेको चाहिं हैन !!
१. चरम अल्पमतले कार्यकारी पड्काउने अनि ‘म्याजिक नम्बर’ को च्याँखे दाउ खेलाएर न्याधिस-अदालत आफैं, कानुन आफैं, संसद आफैं, एकछत्र क्याप्चर गर्ने ‘प्रचण्डपथ’ को अधिनायकबादी प्रबृत्ति भएको अवसर हो !!
२. बिदेशी सामु देश निहुरिएको सहन नसक्ने विद्रोहीको अलिकत्ति भए पनि पुनरागमन भएको बेला हो : अनि केहि नगरी, केहि नभए पनि के के गरेको, के के भएको भन्ने डंका पिट्ने खोक्रोपन उदाङ्गो भएको परिवेश हो !!!
३. अरु तिम्रा कुरा : सत्ताभोग छुटेको र आउने सम्भावना पनि नभएको अनि ‘भोलि’ को भयले कापेका ओठबाट निस्केका बिसाक्त बर्बराहट !!!
२०४८ सालको निर्वाचनमा भाग लिएको सबै थाहा छ विभिन्न देशको स्वार्थमा व्यक्ति हत्या देखि समुहगत हत्या गरेर फेरि बहुदलीय व्यवस्थामा आउनु अनि सत्तामा जानमा टाउको मुल्य तोक्न र टाउको काट्नेको सरकार बनाएको सबैलाई थाहा छ अनि comfortable government कुनै देशका लागि घोषणा गरेको पनि सबैलाई थाहा छ अनि महिना महिना दिनमा सरकारको पाट्नर फेरेको सबैलाई थाहा छ के को नचाहिदो खनखन ।