प्रधानमन्त्रीको चीन भ्रमण विगतका समझदारी कार्यान्वयमा केन्द्रित रहन्छ: प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका भएका समझदारी कार्यान्वयमा केन्द्रित हुने बताएका छन् ।
आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको छोटो भ्रमण हुन्छ, भ्रमणका क्रममा विगतमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउँदाखेरि भएको समझदारी र नेपालका प्रधानमन्त्री र राष्ट्रपति चीन भ्रमणमा जाँदाको समझदारी कार्यान्वयनमै हाम्रो जोड हुनेछ ।’
नेपालको राष्ट्रिय हित हुनेगरी प्रधानमन्त्रीको भ्रमण सफल पार्न दुई दलीय संयन्त्रले काम गर्ने बताए ।