म अझै थाकेको छैन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची-महाकाली अभियान चलाउँछु: प्रचण्ड – Nepal Press

म अझै थाकेको छैन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची-महाकाली अभियान चलाउँछु: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची-महाकाली अभियान चलाउने बताएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर सम्मेलनमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेरमात्रै राजनीतिबाट विश्राम लिने बताए ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै आउँदैन । व्यवस्था परिवर्तनको सुरुवाती दिनदेखि नै हामीले यो मुद्दा उठाउँदै आएका छौं ।’

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको बताए । दोस्रो पटकमा उज्यालो नेपालको अवधारणाअनुरूप विद्युत भार कटौती हटाएको बताए ।

प्रचण्डले थपे, ‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा ऋण मिनाहा गरें, नेपालको पूर्व-पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ । म अझै थाकेको छैन । त्यसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।’


प्रतिक्रिया

3 thoughts on “म अझै थाकेको छैन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची-महाकाली अभियान चलाउँछु: प्रचण्ड

  1. सुन्दा र अरु केहि नबिचारी सोच्दा कत्ति राम्रो सुनुन्छ तर कत्ति घातक छ, अहिलेको अवस्थामा यो भाष्य !!
    १. नेपालमा प्रत्यक्ष्य निर्वाचित कार्यकारी हुने अनि भारत संगको नाका खुल्ला राख्ने अनि ‘ नागरिकता बिधेयक’ लगाएर नागरिकता बाँड्ने !! यो भयो भने कत्ति वर्ष टिक्ने हो नेपालको उँचो शीर ??
    २. यदि प्रत्यक्ष्य निर्वाचित कार्यकारी हुनु पर्ने हो भने पहिले भारत संगको सिमाना बन्द गर्नु पर्छ, अनेक बहानामा गिरिजा, प्रचण्ड-देउवा-पौडेल मिलेर दिएको नागरिकता छानविन गर्नु पर्छ, अनि नागरिकता बिधेयकमा भएको विदेशीले सजिलै नागरिकता पाउन सक्ने प्रावधान हटाउनु पर्छ !! छ हिम्मत यो बोल्ने, यो गर्ने अनि गर्ने आन्दोलन ??
    ३. अहिले नै संख्याको आधारमा प्रतिनिधि छान्ने भनेर कुरा उफ्रिंदै उठाउछन अनि बिदेशी घुसाउने क्रम त कत्ति बढ्दो !! तराइको जनसंख्या किन बढेको छ त्यो गतिमा ??
    ४. प्रचण्डको यो अभिब्येक्तिले त्येही बिगतलाई पुनरावृत्ति गर्दै छ : कम्फ़र्टेबल सत्ता !! दोश्रो लेन्डुप दोर्जी बन्ने हो कि बनाउने धुन !! पहिले नै कबुल गरेका छन् : ‘जनयुद्द’ भने पनि क्रान्ति भने पनि अन्तर्य भारतीयको चाकडी, अनि देश घात : यो त प्रस्ट भएको छ !! बाहिर भारत संग ‘सुरुङ्ग युद्द’ भन्ने भित्र भित्र भारतीय चाहना को साँठगांठ !!!
    ५. खबरदार यो सुन्नेहरु हो : बिबेक सुन्य नबन : मिठो कुरा भित्रको बिसाक्त तथ्य बुझ्न ढिला नगर : जत्ति ठुलो क्रान्तिकारी त्येत्तिनै ठुलो धोखेबाज : उदाहरण ‘प्रचण्ड’ !!!

  2. देश बेच्न नपाएसम्म यो मान्छेलाई शान्ति हुदैन ।

  3. अर्को ठग्ने मन्त्र । अब त सुन तस्करी गर्छुभन्दा पत्याउलान । अरू कुरा गरेर पत्याउनेवाला छैनन मिस्टर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर