क्रस कन्ट्री दौड: सिंगलतर्फ चिनियाँ धावकले जित्दा टीम इभेन्टमा नेपाल च्याम्पियन – Nepal Press

क्रस कन्ट्री दौड: सिंगलतर्फ चिनियाँ धावकले जित्दा टीम इभेन्टमा नेपाल च्याम्पियन

पोखरा । तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा चीनका एङ ज्याङ जेन र झेङ वाङ रोङ च्याम्पियन भएका छन् ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगर र चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा पोखरामा शनिबार भएको ५० किमि दौडमा पुरुषतर्फ जेन र महिलातर्फ रोङ च्याम्पियन भएका हुन् ।

जेनले निर्धारित दुरी ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा पूरा गरे । पुरुषतर्फ नेपाल आर्मीका कुलबहादुर बस्नेतले ३ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै दोस्रो र ३ घन्टा ५३ मिनेट ३३ सेकेन्डमा पूरा गरेका होमलाल श्रेष्ठ तेस्रो भए ।

महिलातर्फ निर्धारित दुरी रोङले ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । सोही दुरी ४ घन्टा ५० मिनेटमा पूरा गर्दै नेपालकी कल्पना बुढा दोस्रो र ५ घन्टा ८ मिनेट १८ सेकेन्डमा पूरा गर्दै नेपाल पुलिसकी राममाया बुढा तेस्रो भइन् ।

दुवैतर्फ च्याम्पियनले समान १ लाख ५२ हजार रुपैयाँ प्राप्त गरे । दोस्रोले १ लाख १४ हजार ६०० र तेस्रो हुनेले ७६ हजार ४०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

टीम इभेन्टमा नेपाली टीम च्याम्पियन भएको छ । निर्धारित दुरी ४ घन्टा २० मिनेट १४ सेकेन्डमा पूरा गर्दै सुशील शाही, सृजना पौडेल र श्रीकेश राईको टोली च्याम्पियन बन्यो ।

नेपाल आर्मीका करण रावत, नरेन्द्रसिंह रावत र निर्मला राईको टोली ४ घन्टा २२ मिनेट २९ सेकेन्डमा पूरा गर्दै दोस्रो र ४ घन्टा २३ मिनेट ०८ सेकेन्डमा पूरा गर्दै एपीएफका पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्ट तेस्रो भए ।

टीम इभेन्टको च्याम्पियनले ४ लाख ५८ हजार ४०० रुपैयाँ प्राप्त गरेको छ । दोस्रो हुनेले तीन लाख ४३ हजार ८०० र तेस्रो हुनेले २ लाख २९ हजार २०० रुपैयाँ नगद पुरस्कार पाए ।

५ किलोमिटर छात्रछात्रा दौडमा कास्कीका बादल कार्की र नारायणी भण्डारी च्याम्पियन बने । छात्रतर्फ कृष्ण परियार दोस्रो र रमेश बुढा तेस्रो भए । छात्रातर्फ स्वीकृति कार्की दोस्रो र जुही राई तेस्रो भइन् । दुवैतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार जिते ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर