ओली सरकारप्रति शेखर कोइरालाको असन्तुष्टि- सात बुँदे सहमतिअनुसार कुनै काम गरेन (भिडिओ)
काठमाडौं । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
काग्रेस त्रियुगाले उदयपुरमा शनिबार आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमतिअनुसार कुनै काम नगरेको बताएन ।
उनले वर्तमान सरकार संविधान संशोधनलगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको सात बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए ।
संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनको भनाइ छ । कोइरालाले सात बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनुपर्ने बेला आएकोसमेत बताए ।
त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदन भण्डारी राजमार्गको बिचमा निर्माण गरिएको सालिकको अनावरण गर्दै नेता कोइरालाले बीपीको विचारलाई अनुशरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने बताए ।
यो पनि बकम्फुस्से नेता रैछ । सरकार बनेको ३ महिना नाघ्दैछ । यसलाई के गरिदिनुपर्ने सरकारले ? आकाश र पाताललाई जोडिदिनुपर्ने ? प्रचण्डले ध्वस्त बनाएको देश सम्हाल्न नै समय लाग्दैछ । सरकारले इमान्दारीपूर्वक काम गरिरहेको छ । अन्धोले मात्र देख्दैन यो सरकारले गरेको काम । आजको भोलि चमत्कार नहुनेबितिक्कै कराउन थाल्ने सामान्य जनताभन्दा शेखरमा के फरक त ?खोइ बुझेको देश ? देश कसरी चल्छ, सरकारको काम कता जादैछ भन्ने कुरा नबुझी बोल्ने यस्ता नेता । भोलि आफू सरकारमा जाँदा चाहिँ के गर्छ यसले ? भारतले सरकार ढाल्न यसलाई उचालेजस्तो छ । ओलिले चीन भ्रमण गर्दैछन् ।त्याहा दूरगामी महत्वका सम्झौता हुनसक्छ । त्यसबाट आत्तिएको भारत र सम्झौता अनुसार सरकार फेरिदा देउवा प्रधानमन्त्री भएमा आफ्नो पत्तासाफ हुने देखेपछि देउवालाई प्रधानमन्त्री हुन नदिन भारतको ईशारामा नाचेको हुनसक्छ ।