इपिएलमा म्यानचेस्टर सिटीको हार
नेपाल प्रेस
२०८१ कार्तिक २५ गते ७:००
हेटौँडा । सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटिले इङ्लिस प्रिमियर लिग (इपिएल)मा दोस्रो हार बेहोरेको छ ।
शनिवार राती भएको खेलमा सिटिले ब्राइटनसँग २-१ ले हार बेहोरेको हो । पहिलो हाफको २३ औँ मिनेटमा हाल्यान्डको गोल मार्फत सिटिले खेलमा पहिलो अग्रता लिएको थियो ।
पहिलो हाफ १-० को अग्रतामा रहेको सिटिले दोस्रो हाफको ७८ औँ मिनेटमा गोल खायो । ब्राइटनको लागि प्रेडोले गोल गर्दै टिमलाई १-१ गोलको बराबरीमा लगे ।
८३ औँ मिनेटमा रिलेले गोल गरेपछि ब्राइटनले २-१ को जित निकाल्यो । जितपछि ब्राइटन तालिकाको चौथो स्थानमा आइपुग्दा सिटी दोस्रो स्थानमा कायम छ ।
प्रतिक्रिया
सम्बन्धित खवर