लिभरपुलद्वारा एस्टन भिल्ला पराजित – Nepal Press

लिभरपुलद्वारा एस्टन भिल्ला पराजित

हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले पहिलो स्थानको अग्रतालाई थप फराकिलो पारेको छ ।

शनिवार राती भएको खेलमा एस्टनभिल्लालाई २-० ले पराजित गरेपछि लिभरपुलले पहिलो स्थानको अग्रतालाई थप फराकिलो पारेको हो ।

लिभरपुलको लागि खेलको २० औँ मिनेटमा नुनेजले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

पहिलो हाफमा १-० को अग्रता हासिल गरेको लिभरपुलको लागि ८४ औँ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सहज जित दिलाए ।

जितपछि लिभरपुलको ११ खेलबाट २८ अङ्क सहित पहिलो स्थानमा कायम रहँदा १८ अङ्क सहित भिल्ला ८ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर