कोशीका पूर्वमन्त्री अधिकारीमाथि किर्तेको मुद्दामा काठमाडौं प्रहरीले अनुसन्धान गर्ने – Nepal Press

कोशीका पूर्वमन्त्री अधिकारीमाथि किर्तेको मुद्दामा काठमाडौं प्रहरीले अनुसन्धान गर्ने

काठमाडौं । मानव तस्करीको आरोपमा मुछिएका कोशीका तत्कालिनमन्त्री लिलाबल्लब अधिकारीमाथि जिल्ला प्रहरी काठमाडौंले अनुसन्धान गर्ने भएको छ । काठमाडौं प्रहरीको पत्रपछि अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदैछ ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो ।
मानव बेचबिखन तथा ओसारपसारका ठुला घटनामा अनुसन्धान गर्न ब्युरो नै बनाइएको भएपनि यो प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई अघि सारिएको हो ।

मिलेमतोमा नक्कली कागजात बनाएर केही व्यक्तिलाई जापान पठाएको घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गर्न काठमाडौं ल्याइँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए ।

नक्कली कागजातका आधारमा जापान पठाइन लागेका व्यक्तिसँगै मन्त्री घिमिरे पनि जापान गएका थिए । तर, मन्त्रीसहित सबैलाई जापानको विमानस्थलबाट फर्काइएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा फिर्ता पठाइएका तीनसहित थप तीनजना पक्राउ परे । उनीहरुविरुद्ध मुद्दा चलाउन अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर भद्रकालीलाई बुझाएको थियो । उनीहरुविरुद्ध लिखत कीर्तेसम्बन्धी मुद्दा चलिरहेको छ । पक्राउ परेका प्रतिवादीको बयानका आधारमा घिमिरेमाथि पनि अनुसन्धान गर्न काठमाडौं झिकाइएको एसएसपी रजौरेले बताए ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पालाई जापानस्थित ओसाका विमानस्थलको अध्यागमनले प्रवेश अनुमति नदिएपछि उनीहरु काठमाडौं फिर्ता भएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा नक्कली परिचयपत्र बनाएको भन्दै वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाललाई पनि नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर