सरकार छाडेपछि माओवादीले जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएकाे छ: प्रचण्ड (भिडिओ) – Nepal Press

सरकार छाडेपछि माओवादीले जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएकाे छ: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलापले राष्ट्रिय स्वाधिनताका प्रश्न संवेदनशील बन्दै गएको बताएका छन् ।

आइतबार मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी उद्दत रहेको आरोप समेत लगाए ।

राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै प्रचण्डले यो गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे ।

त्यस्तै उनले सरकारले आफू नेतृत्वको सरकारले गरेको राम्रा काममाथि आक्रमण र नराम्रा कामको रक्षा गर्ने तर्फ अघि बढेको हो की भन्ने आशंका समेत पैदा भएको धारणा राखे । प्रचण्डले मन्त्री हुनका लागि सांसद हुनुपर्ने बाध्यात्मक अवस्था हटाउनका लागि निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताए ।

उनले सरकार छाडेपछि माओवादी सहज अवस्थामा रहेको र जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएको बताए । आफू नेतृत्वको सरकारले गरेका काम र उपलब्धिहरु जनतालाई जानकारी गर्दै पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “सरकार छाडेपछि माओवादीले जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएकाे छ: प्रचण्ड (भिडिओ)

  1. ओलिलाई प्रचण्डले राष्ट्रिय स्वाधिनताको कुरा गर्ने ? कति हाँस्नु । चुच्चे नक्सा संसदबाट पास भएको दिन प्रचण्डले संसदमा भाषण गर्दा देखाएको हर्कतबाट नै अनुमान गर्न सकिन्छ कि उनी कति दिल्लीको दबाबमा थिए भनेर । त्यसपछि त हो नि दिल्लीको आदेशमा ओलि हटाउन, पार्टी फुटाउन तिव्र रूपमा लागेको । यस्ताले स्वाधिनताको कुरा गर्ने ? दिल्ली रिसाउने कुनै कुरा भ्रमणमा उठाउदिन भनेर हाकाहाकी भन्ने ले अरूलाई स्वाधिनताको कुरा गर्न लाज लाग्नुपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर