पूर्वमन्त्री अधिकारी डेराबाट पक्राउ, काठमाडौं उडाइँदै
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले डेराबाटै पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-२ स्थित डेराबाट अहिले केही बेरअघि अधिकारीलाई पक्राउ गरेर विराटनगर विमानस्थलतर्फ लगिएको छ ।
त्यहाँबाट दिउँसो १ः५० बजेतिर काठमाडौं लैजाने तयारी छ ।
अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई डेराबाट निकालिएको छ ।
पक्राउका लागि सहजीकरण गर्न काठमाडौं प्रहरी परिसरबाट आएको टोलीसँग मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरिया पनि पुगेका थिए ।
अधिकारीले आफूविरुद्ध लागेको आरोपको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् ।
पक्राउ परेपछि उनले आफूले अनुसन्धानलाई सहयोग गर्ने बताए ।
उनले भने , ‘म अनुसन्धानलाई सहयोग पुर्याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु पर्छ । म कानुन मान्ने मान्छे हो । कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो ।’