हवाई भाडा महँगो भएको भन्दै कांग्रेस सांसद बजगाईंले गरे विरोध प्रदर्शन (भिडिओ)
काठमाडाैं । हवाई भाडा महँगो भएको भन्दै कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले विरोध प्रदर्शन गरेका छन् ।
हवाई भाडा महँगो हुँदा खाडीमा रहेका लाखौ युवाहरुलााई समस्या भएको भन्दै बजगाईंले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
नेपालमा रोजगारको सम्भावना नभएर विदेशीन बाध्य नेपालीहरुलाई महङ्गो भाडा थोपलिएकाले तत्काल हवाई भाडा वृद्धिको निर्णय फिर्ता हुनुपर्ने बजगाइले बताए ।
नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको अवस्थामा हवाई भाडावृद्धिकाे पर्यटन क्षेत्रमा समेत असर पुग्ने उहाको भनाइ छ । बजगाईले हवाई भाडा वृद्धि फिर्ता गराउनका लागि पर्यटन मन्त्रीलाई समेत आग्रह गरेको उल्लेख गरे ।
हवाई भाडा वृद्धि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति समेत गरिसकेको छ ।
तेसैले त बेचीएका सबै कल कारखाना खोलनू पर्यो धेरै यसबाट हरू ले यतै काम पाए कीन जान्थे बाहिर?यो त सरासर सरकार को कमजोरी हो नी ,ई नेता हरू ले बूझन पर्छ तर ईनलाई के मतलब?ईनलाई त पैसा आऊने बाटो चाहीयो।