तरुण दलका जिल्ला समिति विस्तार र पुनर्गठन नगर्न निर्देशन
नेपाल प्रेस
२०८१ कार्तिक २५ गते १६:४३
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला कार्य समितिहरुलाई विस्तार र पुनर्गठन नगर्न निर्देशन दिएको छ ।
तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले आइतबार सबै जिल्ला सभापतिहरुलाई परिपत्र गर्दै केन्द्रको समन्वय र सहमतिविना कार्य समिति विस्तार तथा पुनर्गठन नगर्न निर्देशन दिएका हुन् ।
कतिपय जिल्ला सभापतिले आफूखुसी विस्तार गरेपछि विवाद उत्पन्न हुन नदिन यस्तो निर्देशन पठाइएको हो ।
प्रतिक्रिया