पुसदेखि चैतसम्ममा विद्युत प्राधिकरणका ७८ जना कर्मचारी अनिवार्य अवकाशमा जाँदै (सूचीसहित)
काठमाडौं । आगामी पुषदेखि चैतसम्म चार महिनाको अवधिमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत ७८ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् ।
प्राधिकरणका अनुसार पुसमा २५ जना, माघमा २० जना, फागुनमा १२ र चैतमा २१ जना गरेर जम्मा ७८ जना विभिन्न तहमा कार्यरत कर्मचारी अनिवार्य अवकाशमा जान लागेका हुन् ।
पुसमा ९औँ तहका उपप्रबन्धकदेखि तह १ का जुनियर हेल्परसम्मले अवकाश पाउँदै छन भने माघमा १२औँ तहका उपकार्यकारी निर्देशकदेखि कार्यालय सहयोगीसम्मले अवकाश पाउँदै छन् ।
यस्तै फागुनमा सातौ तहदेखि दुई तहसम्मका कार्यालय सहयोगी र चैत महिनामा नवौँ तहको उपप्रवन्धकदेखि तह १ का जुनियर हेल्परसम्मले अनिवार्य अवकाश पाउन लागेका हुन् ।