जापान प्रकरणमा पूर्वमन्त्रीसहित ७ जना काठमाडौं प्रहरीको नियन्त्रणमा – Nepal Press

जापान प्रकरणमा पूर्वमन्त्रीसहित ७ जना काठमाडौं प्रहरीको नियन्त्रणमा

काठमाडौं । जापान प्रकरणमा पूर्वमन्त्री लीलावल्लव अधिकारीसहित ७ जना यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका छन् । तीमध्ये ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

त्रिभुवन विमानस्थलबाट पक्राउ पर्नेमा खोटाङका ४१ वर्षीय जनक राई, ३७ वर्षीय दावा शेर्पा र रसुवाका २१ वर्षीय कञ्चन देवकोटा रहेका छन् ।

उनीहरुलाई अनुसन्धान गर्ने क्रममा थप चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मन्त्री अधिकारीसहित धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २२ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार रहेका छन् ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर