लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय – Nepal Press

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काटिएको उद्योगीको लाइन सोमबार दिउँसो १२ बजे जडान गरिने

काठमाडौं । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण र उद्योगी–व्यवसायीबीच लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी विवाद समाधान गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेर प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गरेर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई कार्यन्व्यनका लागि पठाउने निर्णय पनि गरेको ति मन्त्रीले नेपाल प्रेससँग बताए ।

बैठकले उद्योगीको काटिएको लाइन सोमबार १२ बजे भित्रमा जडान गर्ने निर्णय गरेको छ भने १५ दिनमा टिओडी मिटरको बिल बमोजिम उद्योगीसँग बक्यौता रकम अशुल गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

One thought on “लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

  1. अन्यौलग्रस्त निर्णय होईन र यो ? ५६ किस्तामा उठाउने कि १५ दिनभित्र ? १५ दिन यस्ता त कति गए गए । १५ दिनभित्र नतिरेमा के गर्ने ? फेरि लाईन काटने ? के खालको निर्णयहरू हुन थाले ? ७२ सालदेखि महिनैपिच्छे उठाउनुपर्ने पैसा ९ वर्षसम्म किन नउठाएको ? दुईचार महिनाको बाँकी हुने बितिक्कै उहिबेला लाईन काटनु पर्ने होईन ? अलिअलि बाँकी हुँदा व्यापारीले पनि तिर्दै जान्थे । अहिलेसम्म के हेरेर बसेका थिए कुलमान ? कुलमानले पनि यसमा कि ढँग पुर्याएनन् कि राजनीति गर्दैछन प्रचण्डको
    आदेशमा । अब व्यापारीले खुरूखुरू पैसा तिर्ने र समस्याको समाधान गर्ने । अरू धेरै नगिजोलौं यसलाई । नभए ५% तिर्ने अदालत जाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *