भ्रष्टाचारको अभियोग लागेका भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई विशेष अदालतबाट सफाइ – Nepal Press

भ्रष्टाचारको अभियोग लागेका भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई विशेष अदालतबाट सफाइ

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा भ्रष्टाचार गरेको अभियोग लागेका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई विशेष अदालतले सफाइ दिएको छ। आइतबार, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६/७७ मा भेरी नदी र गोछेखोलामा नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री वितरणमा अनियमितता गरेको दाबी गर्दै गत जेठ १३ मा मुद्दा दायर गरेको थियो । अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, लेखा अधिकृत मानबहादुर ठाडा र इन्जिनियर विजयकुमार खत्रीसहित अन्य १० जना कर्मचारी तथा ठेकेदारलाई प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको थियो ।

अख्तियारले ठेक्का प्रक्रियामा बदनियतपूर्ण मिलेमतो गरी कबोल मूल्य घटाउने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा नराख्ने र खरिद प्रक्रियामा तोकिएको ऐन तथा नियमावलीको उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । यसबाट सरकारलाई ३६ लाख ७८ हजार रुपैयाँभन्दा बढीको नोक्सान भएको आयोगको दाबी थियो ।

्विशेष अदालतले भने अख्तियारको प्रमाण र दाबी पुष्टी नभएको भन्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *