सरकारी कार्यालयमा बिग्रिएका सवारी साधन मर्मत गरिने, नभए बिक्री गरिने
नेपाल प्रेस
२०८१ कार्तिक २५ गते २१:३९
काठमाडौं । सरकारले सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा विग्रीएर थन्क्याइएका सवारी साधन मर्मत गर्ने तथा मर्मत नहुने अवस्थामा भए विक्रीवितरण गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
सिंहदरबार सहित सरकारी कार्यालयमा सरकारी बिग्रीएका गाडी थन्क्याएका कारण कार्यालय तथा कार्यालय परिसर अव्यवस्थित तथा फोहोरी बनिरहेको भन्दै जताततै टिप्पणी हुदैँ आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर