स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थालाई निवेदन दिन आह्वान – Nepal Press

स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थालाई निवेदन दिन आह्वान

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर १६ का लागि तय भएको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई निवेदन दिन आह्वान गरेको छ ।

आयोगले स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची ६३ बमोजिम कात्तिक २६ गतेदेखि कात्तिक ३० गतेसम्म ५ दिनको समय सिमा भित्र निवेदन दिन आव्हान गरेको हो ।

जसअनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नुपूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमुलक अन्तरक्रिया गरी सम्बन्धित संस्थालाई स्पष्टतः वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार सम्बन्धित पर्यवेक्षण संस्थाबाट निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रूपमा प्रतिवेदन लिई त्यसमाथी छलफल कार्यक्रम राख्नेगरी आयोगबाट निर्णय भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर