प्रचण्डबारे बाबुराम- आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु
काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कहिल्यै नझुक्किने प्रण गरेको बताएका छन्। प्रचण्डले सबैलाई सबैलाई सधैंभर झुक्क्याउन खोजेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘प्रसिद्ध भनाइ छ, सबैलाई केही समय झुक्क्याउन सकिन्छस केहीलाई सधैंभर झुक्क्याउन सकिन्छस तर सबैलाई सधैंभर झुक्क्याउन सकिन्न। परन्तु लामो सत्ताले मदहोश भएका प्रचण्ड जस्ता केही मान्छे ठान्दछान्, सबैलाई सधैंभर झुक्क्याउन सकिन्छ। उनको पछिल्लो हर्कत त्यसैको दसी हो।’
उनले प्रचण्डलाई ३५ वर्षको प्रत्यक्ष अनुभव गरेको भन्दै गम्भीर आत्मसमीक्षा सहित अब सहकार्य हुन नसक्ने बताए।
उनले थपेका छन्, ‘अब उनीबाट झुक्किने नझुक्किने सबैले आफैं सोच्ने कुरा हो। मैले त ३५ वर्षको प्रत्यक्ष अनुभवपछि गम्भीर आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु।’
प्रचण्डकाे धारणा पनि त्यसै हुनसक्छ ।
आफ्नो स्वार्थपुर्तिको लागि तपांईको भुमिका सहयोगी हुने देखिएमा अब अर्कोचोटी झुक्याउनु पर्दा फेरि नयां बिङ्गा लगाइ तपांईको महिमा गान गांउदै र आफ्नो भुल सजिलै स्विकार्दै तपांईलाई मनाइहाल्छन र उनको स्वार्थमा तपांईको भुमिका सहयोगी हुने नदेखिएमा बाल गन्दैनन । अहिलेलाई उनको स्वार्थमा रवि लामिछने सहयोगी हुन सक्ने प्रष्टै देखिएकोले तपांईको पालो निकै पछि मात्र आउन सक्छ भन्ने हाम्लाई लाग्या छ ।