प्राधिकरण सञ्चालक समितिको बैठक जारी, उद्योगमा लाइन जोड्ने विषयमा छलफल – Nepal Press

प्राधिकरण सञ्चालक समितिको बैठक जारी, उद्योगमा लाइन जोड्ने विषयमा छलफल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । आइतबारको मन्त्रिपरिषद्को बैंठकले काटिएका उद्योगहरूमा लाइन जोड्ने निर्णय गरेको थियो । सो निर्णयको ऊर्जा मन्त्रालयले हिजो नै नेपाल विद्युत् प्राधिकरणलाई पठाएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले साढे ११ बजेबाट सञ्चालक समितिको बैठक चलिरहेको बताए । उनले भने, ‘ऊर्जा मन्त्रालयबाट काटिएका उद्योगमा लाइन जोड्नका लागि हिजो साँझ पत्र आएको थियो । पत्र आए पनि आज सञ्चालन समितिको बैठक बसिरहेको छ ।’

ऊर्जा मन्त्रालयले हिजो पत्र पठाउन भन्दा पहिले पनि काटिएका उद्योगमा लाइन जोड्ने विषयमा सञ्चालन समितिको बैठक बसेको स्रोतले बतायो । तर, ऊर्जा मन्त्री दीपक खड्का सहित नेपाल विद्युत् प्राधिकरण प्रमुख कार्यकारी अधिकृत कुलमा घिसिङले सहित बैठक बसेको थियो । तर, बैठकले औपचारिकता नपाएको स्रोतले बतायो ।

प्राधिकरण स्रोतले भन्यो, ‘ऊर्जामन्त्रीले ऊर्जा मन्त्रालयमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुभन्दा पहिले नै प्राधिकरणलाई काटिएको उद्योगमा लाइन जोड्न लगाउने गरी सञ्चालक समितिको बैठक राख्न लगाएका थिए ।

तर, बैठक औपचारिक प्रवेश नै भएन । सबैले आफ्नो धारण राखे । कुलमाले सञ्चालक समितिको बैठकबाट निर्णय नभई लाइन जोड्न नसकिने बताएपछि बैठकले औपचारिता नपाएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर