रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने
नेपाल प्रेस
२०८१ कार्तिक २७ गते १७:०६
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्ने भएको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश दिएको हो ।
अनुसन्धानमा रहेकै अवस्थामा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।
प्रतिक्रिया
One thought on “रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने”
Leave a Reply
सम्बन्धित खवर
यो त अति भो । मुद्दा हाल्नेको सर्वनास हुनसक्छ राजनीतिमा फेरि ।