विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय, १५ दिनभित्र बिलका आधारमा बक्यौता उठाइने – Nepal Press
सञ्चालक समिति बैठक

विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय, १५ दिनभित्र बिलका आधारमा बक्यौता उठाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको आज बसको बैठकले विद्युत काटिएका २८ वटा उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । गत आइतबारको मन्त्रिपरिषद्को बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयको पत्र हिजो साँझ प्राधिकरण पुगेको थियो । हिजै साँझ ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरेर विद्युत काटिएको उद्योगमा लाइन जोड्ने र टाइम अफ डे (टीओडी) मिटरको आधारमा विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो ।

आज ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले विद्युत काटिएको उद्योगमा लाइन जोड्ने निर्णय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *