मन्त्री पाण्डेमाथि छानबिन गर्न कर्ण थापाको माग – Nepal Press

मन्त्री पाण्डेमाथि छानबिन गर्न कर्ण थापाको माग

कैलाली । नेकपा एमाले नेता कर्ण थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेमाथि छानबिनको माग गरेका छन् ।

क्यासिनोको लाइसेन्स दिँदा करोड बढी रकम लिएको भन्दै कांग्रेस सांसद राजेन्द्र बजगाईले मन्त्री पाण्डेलाई लगाएको आरोपको छानबिन हुनुपर्ने थापाले माग गरेका हुन् ।

कसैले भनेका भरमा दोषी वा निर्दोष किटान गर्नु उचित हुँदैन । यसमा पक्ष विपक्षमा लाग्नु पनि ठिक हुँदैन । निष्पक्ष छानबिन गरेर मात्रै यसको निरूपण हुन सक्ने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

छानबिनबाट दोषी देखिए दण्डित गर्ने र निर्दोष देखिए ससम्मान सफाई दिइनु न्याय र लोकतन्त्र सम्मत हुनेछ । सबैलाई मेरो अनुरोध छ । न्यायिक छानबिनको माग गरौं । छानबिनको निष्कर्षलाई सबैले मानौं ।

थापाले मन्त्री पाण्डेको अभिव्यक्तिलाई पनि जोडेका छन् । नेपाली काङ्ग्रेसकै सांसदले क्यासिनोको अनुमति दिए बापत करोडौं घुस लिएको सार्वजनिक गरे । करोड होइन कौडी लिएको भेटिए पशुपतिनाथ मन्दिर अगाडि झुन्डिन तयार रहेको मन्त्री बद्री पाण्डेको सार्वजनिक घोषणाा पनि सुनियो ।

कुनै पनि व्यक्तिले कसैलाई पनि झुटो आरोप लगाउन पाइदैन । आरोप तथ्यमा आधारित हुनु पर्दछ । राजनीति प्रतिस्पर्धा आफ्नो ठाउँमा होला, चलिरहन्छ थापाले लेखेका छन् ।

प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सनलन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका थिए । पाण्डेयले भने यसको खण्डन गर्दै रकम नलिएको बताएका छ्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर