स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध – Nepal Press

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडौं । पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो ।

३४ वर्षीय लास्क अलराउन्डर हुन् । उनी लामो छक्का प्रहारका लागि परिचित छन् । उनले टी–२०मा ८० म्याच खेलेका छन् । जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन् ।

‘एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु । पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ’, लास्कले भने ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्कको आगमनले पोखराको खेल प्रदर्शन अब्बल हुने बताए । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसी व्यक्त गरे।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन् ।

त्यस्तै, टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन् ।

त्यस्त,ै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर