काटिएका २८ उद्योगमा लाइन जोड्यो प्रधिकरणले
काठमाडौं । विद्युत काटिएको उद्योगमा लाइन जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकपछि काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद्ले काटिएको उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । भने, हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएको उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
सञ्चालक समितिको निर्णय पछि प्राधिरणले हिजो र आज गरेर उद्योगमा लाइन जोडेको हो । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले विद्युत काटिएको उद्योगमा लाइन जोडिएको बताए ।
उनले भने, ‘हिजो बसेको सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि काटिएका उद्योगहरुमा लाइन जडान भएको छ । अधिकांश उद्योगमा लाइन जोडिसकिएको छ ।’
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले बिलका आधारमा उद्योगले प्रयोग गरेको विद्युत्को बक्यौता उठाउने निर्णय गरेको थियो । १५ दिनभित्र प्रतिवेदन अनुसार सबै उद्योगको बक्यौता उठाउने निर्णय सरकारले गरेको थियो । टंक र डेडिकेटेड लाइन प्रयोग गरे वापतको उद्योगी टाइम अफ डे का आधारमा विद्युतको बाँकी बक्यौता तिर्न पर्ने छ ।