डेडिकेटेड तथा ट्रंक लाइनमा उद्योगीहरूले राजनीति गरेको कुलमानको आरोप (भिडिओ) – Nepal Press

डेडिकेटेड तथा ट्रंक लाइनमा उद्योगीहरूले राजनीति गरेको कुलमानको आरोप (भिडिओ)

१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा सरकारको निर्णयअनुसार अब १५ दिन पर्खिने बताएका छन् । मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको उनले बताए ।

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले यो समस्या अब सदाका लागि अन्त्य हुनुपर्ने बताए । प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको भनाइ छ ।

 

‘यसअघि पनि ३ लाइन काट्दै जोड्दै भइरहेको छ । अब १५ दिनमा बक्यौता नतिरे प्राधिकरण नियमानुसार अघि बढ्छ’, उनले भने ।

उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको जिकिर छ ।

‘लाइन काट्नुभन्दा अगाडि उत्पादित वस्तु बिक्री नभएसम्म उद्योगी लाइन जोड्न नआउने र सामान बिक्री भएपछि बेरोजगार बढ्यो, अर्थतन्त्र तहसनहस भयो भन्दै ब्ल्याकमेल गर्नुहुन्छ । सरकारलाई केही न केही निर्णय गर्न बाध्य पार्नुहुन्छ ‘, घिसिङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर