ठूला उद्योगबाट बक्यौता उठाउन नसक्दा सर्वसाधरणले पनि पैसा तिर्न कम गरे : कुलमान (भिडिओ) – Nepal Press

ठूला उद्योगबाट बक्यौता उठाउन नसक्दा सर्वसाधरणले पनि पैसा तिर्न कम गरे : कुलमान (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ठूला उद्योगबाट विद्युतको बक्यौता उठाउन नसक्दा आम उपभोक्ताबाट पनि महशुल कम उठ्न थालेको बताएका छन् । आज प्राधिकरणमा भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

 

‘ठूला उद्योगको बक्यौता उठाउने काम अन्तिम चरणमा पुगेको थियो । तर, लाइन जोड्ने निर्णय मन्त्रिपरिषद्बाट भयो । अहिले आम उपभोक्ताको घरमा जादा ठूला उद्योगबाट पैसा उठाउन नसक्ने भनेर कर्मचारीले कुटाइ खाने अवस्था आएको छ । पहिलो ९५ प्रतिशत आम उपभोक्ताबाठ विद्युत शुल्क उठ्ने गरेको थियो’, उनले भने, अहिले ८५ प्रतिशत मात्रै महशुल उठ्ने गरेको छ । विद्युत बक्यौता ११ अर्ब उठ्ने गरेको छ । ७ देखि ८ अर्ब आइपीपी गरेका आयोजनालाई तिनु पर्छ । भने, ३ अर्ब खर्च आउने गरेको छ । प्राधिकरणको १० अर्ब नेट खर्च रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *