कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले लियो बयान
नेपाल प्रेस
२०८१ कार्तिक २८ गते १८:१८
काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ ।
बुधबार केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गुरुङसँग बयान लिएको हो । झन्डै ४ घण्टासम्म गुरुङसँग बयानले आवश्यक सोधपुछ गरेको थियो ।
मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए ।
ज्योती उक्त सहकारीको सन्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा रिण तिरिरहेको पाइएपछि धनराजको भूमिकालाई शंकास्पद मानिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर