स्थानीय तह उपचुनावका लागि राप्रपाले टुंग्यायो यी उम्मेदवार (सूचीसहित)
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राप्रपाले १७ जना उम्मेदवारहरुको टुंगो लगाएको छ ।
पार्टीले उपचुनाव हुने सबै स्थानीय तह र वडामा एक्लै चुनाव लड्ने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
राप्रपाले कीर्तिपुर नगरपालिकाको प्रमुखमा धु्रव महर्जनलाई उठाउने भएको छ । यसैगरि काठमाडौं महानगरको १६ नम्बर वडामा श्यामकृष्ण श्रेष्ठ छानिएका छन् ।
हेर्नुस् अहिलेसम्म तय भएका राप्रपा उम्मेदवारको सूची:
कोशी
झापा : कन्काइ न.पा ६ –नारायण प्रसाद निरौला
सुनसरी : गद्दी गा.पा ६ कबिता कुमारी उराब
तेह्रथुम : लालीगुरास नपा ८ रत्न बहादुर श्रीपाली
ओखलढुंगा : मोलुङ गा.पा ५–चन्द्रमणी दाहाल
मधेस
सप्तरी : डाक्नेश्वर न.पा १–सतिस कुमार चौधरी
सप्तरी : डाक्नेश्वर न.पा ४–राम कुमार यादव
बागमती
काठमाडाैं महानगर-१६ : श्यामकृष्ण श्रेष्ठ
दोलखा : गौरीशंकर गा.पा उपाध्यक्ष मन कुमारी श्रेष्ठ
काठमाडौं : कीर्तिपुर न.पा. प्रमुख ध्रुव महर्जन
काठमाडौं : कीर्तिपुर न.पा.१–सुरेन्द्र उप्रेती
काठमाडौ : कीर्तिपुर न.पा.४–बिजेश बस्नेत
मकवानपुर : हेटौंडा उमनपा १२ प्रेम लामा भ्लोन
लुम्बिनी
गुल्मी : मुसीकोट गा.पा १–इश्वरी खाती
रोल्पा : रुन्तीगडी गा.पा ४ पहल बहादुर वली
कपीलबस्तु : सुह्दोधन १ इम्तीयाज अहमद
कर्णाली
कालीकोट : तिलागुफा नपा ४ जुह्द बहादुर शाही
सुदुरपश्चिम
बाजुरा : स्वामीकार्तीक खापर गापा उपाध्यक्ष सुना देवी थापा (भोटे)