रवि लामिछानेसँग ९ घण्टाको बयान, पत्रकारसँग बोल्ने आशंकामा सुरक्षा घेरामा बाहिर निकालियो
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग रुपन्देही प्रहरीले हिजो र आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा आज दोस्रो दिन बिहान सवा १० बजे लगिएकोमा साँझ ७ बजे बयान सकिएको हो ।
आज लिखित बयान भएकाले केही विषय लिपिवद्ध गरे बाहिर निकालिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालका अनुसार उनीसँगको बयान नसकिएकाले भोलि पुनः बयान लिइने छ ।
हिजो पत्रकारसँग बोलेपछि आज कडा सुरक्षा निगरानीमा घेरेर बाहिर निकालिएको हो । पत्रकारलाई पनि उनको फोटाभिडियो खिच्न दिइएन । उनलाई निकाल्ने समयमा रास्वपाका समर्थकहरुले नाराबाजी गरेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिने भएको छ । हिजोको बयानमा उनले सहकारीको रकम ठगीमा इन्कारी बयान दिएका थिए ।
९ घण्टा सोध्ने विषय नै छैन । केमा फसाउँ भनेर ठाउँ खोज्दै हिडने हो भने ९ घण्टामात्र होईन ९ दिन पनि सोधे भयो ।