प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा २ बंगलादेशी नागरिक पक्राउ
नेपाल प्रेस
२०८१ कार्तिक २९ गते ७:२९
झापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधवार साँझ पक्राउ गरेको हो ।
आफ्नो परिचय खुल्ने कुनै कागजपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं। गणका सूचना अधिकारी महेशराज विष्टले बताए ।
उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरूलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर