शिखर धवनले कर्णालीबाट कम्तीमा ४ खेल खेल्ने – Nepal Press

शिखर धवनले कर्णालीबाट कम्तीमा ४ खेल खेल्ने

काठमाडौं । भारतीय क्रिकेट शिखर धवनले कर्णाली याक्सले नेपाल प्रीमियर लिग (एनपीएल) खेल्दै छन् ।

कर्णाली याक्सले उनलाई एनपीएलका लागि अनुबन्ध गरेको जानकारी बिहीबार बिहान सार्वजनिक गरेको हो । धवन एनपिएल खेल्ने हालसम्म कै ठूलो नाम हो ।

उनले गत भदौमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । धवनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२०आई खेल खेलेका छन् । उनले २६९ खेलमा २४ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

कर्णालीमा आबद्ध भएका धवनले सम्झौताअनुसार कम्तीमा ४ खेल खेल्नेछन् । ४ वटा खेल अनिवार्य खेल्ने र अरू खेल परिस्थिति हेरेर खेल्ने गरी बुधवार धवन र कर्णाली याक्सबिच सम्झौता भएको स्रोतले जनाएको छ ।

कर्णालीमा अनुबन्ध भएपछि धवनले भने, ‘नमस्ते नेपाल । म आउँदै छु नेपाल पिमियर लिग खेल्नको लागि कर्णाली याक्सबाट, तपाईँहरूसँग मिल्नको लागि, कुरा गर्नको लागि ! तयार हुनुहोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर