उद्योगीलाई प्राधिकरणको ताकेता- विद्युत् महसुल मंसिर १२ गतेभित्र बुझाउनू – Nepal Press

उद्योगीलाई प्राधिकरणको ताकेता- विद्युत् महसुल मंसिर १२ गतेभित्र बुझाउनू

काठमाडौं । उद्योगीले मंसिर १२ गतेभित्र बाँकी रहेको बक्यौता तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको १५ दिने समयसीमा मंसिर १२ मा सकिँदैछ ।

मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औँ बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।

मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर