कुटपिटबाट मारिएका कैलालीका पत्रकार भुलको घटना अनुसन्धान गर्न पत्रकार महासंघको मिसन टोली – Nepal Press

कुटपिटबाट मारिएका कैलालीका पत्रकार भुलको घटना अनुसन्धान गर्न पत्रकार महासंघको मिसन टोली

काठमाडौं । कुटपिटबाट मारिएका कैलालीको पत्रकार सुरेश भुलको घटनाको अनुसन्धानका लागि नेपाल पत्रकार महासंघले मिसन टोली खटाएको छ ।

महासंघका सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली बिहीबारदेखि नै खटिएको महासंघले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्ने महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएकाे छ ।

महासंघले भुलको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कारबाहीको दायरमा ल्याउन महासंघले सरकारसँग माग गरेको छ ।

प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका ११ कान्तिपुर टोल बस्ने भुललाई कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा एक दिनपछि २६ गते निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *